सोसल मिडिया
युनिकोड
निर्वाचन आयोगको निर्णयलाई चुनौती दिदै नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पुरानै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ।
कार्यवाहाक सभापति पूर्णबहादुर खड्काको निर्देशनअनुसार भन्दै पार्टी सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान ८ बजेका लागि बैठक बोलाइएको सूचना जारी गरेका छन्।
निर्वाचन आयोगले शुक्रबार गगन थापा पक्षलाई पार्टीको आधिकारिता दिने निर्णय गरिसकेको छ।