सोसल मिडिया
युनिकोड
निर्वाचन आयोगले आधिकारिकता दिएपछि नेपाली कांग्रेसका सभापति गगन थापाले बैठक बोलाएका छन्।
निर्वाचन आयोगको निर्णयपछि सभापति थापाले बैठक बोलाएको प्रवक्ता देवराज चालिसले बताए। ‘तत्काल बैठक बस्दै छ। हामीले सय प्रतिशत कांग्रेस बनाउनुपर्छ। एउटा प्रक्रियामा पो विशेष महाधिवेशन गरेका हौँ। उहाँहरू कांग्रेस होइन भन्ने होइन ,’ चालिसेले भने।
सबैलाई समेटेर लग्न बैठक बोलाएको उनको भनाइ छ। ‘विशेष महाधिवेशन प्रक्रियाप्रति उहाँहरू असन्तुष्ट भए आफ्नो ठाउँमा छ। सबैलाई समेटेर लानुपर्छ। हामीलाई थप जिम्मेवारी बढ्यो,’ उनले भने।
विशेष महाधिवेशनलाई लिएर कोही असन्तुष्ट भएमा पनि मिलार लग्ने उनी बताउँछन्। ‘लोकतन्त्रमा असहमति हुन्छ तर उहाँहरूको योगदान छैन भन्ने होइन। सबैलाई समेटेर सय प्रतिशतको कांग्रेस बनाएर लाने हो,’ चालिसेले भने।