सोसल मिडिया
युनिकोड
नेपालको पछिल्लो राजनीतिक अवस्थालाई सुक्ष्मरुपमा नियालिरहेको चीनले यतै आएर नेपाली राजनीतिको नाडी छाम्ने भएको छ ।
भू–राजनीतिक खेल तीव्र भएकै बेला चिनियाँ उच्चस्तरीय टोली नेपाल आउने टुंगो लागेको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभाग अन्तरर्गत नेपाल मामिला प्रमुख झेङ युया नेतृत्वको तीन सदस्यीय टोली नेपाल ओर्लिने भएको हो ।
तीनदिन नेपालमा बिताउने गरी आउन लागेको तीन सदस्यीय टोली अबको सातादिनमा काठमाण्डौ उत्रदैछ ।
नेपालको राजनीतिक अवस्था तरल र जटिल मोडमा रहेको वेला हुन लागेको यो उच्चस्तरीय भ्रमणलाई महत्वकासाथ हेरिएको छ ।
जेनजी विद्रोहपछि नेपालमा पश्चिमा शक्तिको प्रभाव बढेको चीनको बुझाइ छ । चीनले नेपालका हरेक राजनीतिक दलहरुसँग समान व्यवहार गर्न चाहेको बताउँदै आएको छ । विशेष परिस्थितिमा चीनले नेपालमै आएर बुझ्ने काम यसअघि देखि गर्दै आएको छ ।