ज्ञात, अज्ञात शहिद पार्कमा उभिएर कुलमानले सुनाए १२ दिने प्रसव पीडा

मंगलबार, पुस २९, २०८२

पूर्वमन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएको १२ दिन अत्यन्तै प्रसव पूर्ण रहेको बताएका छन् ।

आज बौद्द स्थित ज्ञात अज्ञान सहिद पार्कमा पार्टीको शुभकामना, चियापान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको हालैको एकीकरण प्रक्रियामा आफ्ना अनुभव र भावनाहरू सुनाउँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘उज्यालो नेपाल पार्टी घोषणा गरेको एक महिना पनि नबित्दै कार्यगत एकता भन्दा पनि एकिकृत चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्यो । त्यो अचानक भएको थियो । सबैको भावनालाई समेट्न पर्छ भनेर एकीकरणको प्रक्रियामा हामी गयौं । त्यो अत्यन्तै पीडादायी भयो । १२ दिन अत्यन्तै पीडादायी रहयो ।’

घिसिङले बताए अनुसार उक्त एकता जेनजी आन्दोलनपछि नयाँ शक्तिसँगै एक हुनुपर्ने भावना अनुरूप उज्यालो नेपाल पार्टी घोषणा भएको महिना नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकिकरण प्रक्रिया सुरु भएको थियो ।

उनले भने, ‘कार्यगत एकता भन्दा पनि एकीकृत चरणमा जानु आवश्यक थियो। यो प्रक्रिया अत्यन्तै पीडादायी रह्यो । बाह्र दिन लामो छलफलपछि मात्रै हामीले सहमति र एकता सुनिश्चित गर्न सकेका थियौं ।’

अध्यक्ष घिसिङका अनुसार उज्यालो नेपाल पार्टीले आफ्नो समानुपातिक मत पनि छोडेर सहकार्य र एकताको पक्षमा अघि बढेको थियो। उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको एकीकरणले नयाँ राजनीतिक समीकरणमा असर पुर्याउने र आगामी निर्वाचन तथा पार्टी क्रियाकलापमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्