सोसल मिडिया
युनिकोड
राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेलले समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकको बन्दसूचीमा खसआर्य महिलातर्फ उनको नाम राखिएको थियो ।
आफू उमेदवार बन्न उचित भइनसकेको ठानेर नाम फिर्ता लिएको उनले बताइन् । आफ्नो परिचय राष्ट्रपतिको छोरीका रूपमा मात्र सीमित नरहेको उनले उल्लेख गरिन् ।