सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा डा. शेखर कोइराला पनि सहभागी भएका छन् । आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक डाकेको देउवालाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे र नेता मिनेन्द्र रिजालसहित देउवानिवास पुगेका हुन् ।
विशेष महाधिवेशनपक्षको बन्दसत्र भृकुटीमण्डपमा चलिरहँदा कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गरिसकेका छन् । उनलाई नेताहरूले सभापति र महामन्त्रीबीच छलफल गर्न र पार्टीको विवाद मिलाउने जिम्मा दिएको बताएका छन् ।
देउवाले विशेष महाधिवेशनपक्षले १४औँ महाधिवेशनबाट निर्वाचित समिति भंग गर्ने प्रस्ताव बन्दसत्रमा पेस गरिसकेको छ । कांग्रेसको पछिल्लो स्टकलाई टुंगोमा पुर्याउन देउवाले रणनीतिक छलफलका लागि आफूनिकट केन्द्रीय सदस्यहरूसहितको बैठक डाकेको उनीनिकट नेताले जानकारी दिएका छन् ।