राष्ट्रियसभामा कोशीको 'अन्य'मा सुनिलबहादुर थापा निर्विरोध निर्वाचित

आइतबार, पुस २७, २०८२

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट 'अन्य' समूहमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।

​निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आइतबार थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको हो। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २५ बमोजिम थापा निर्वाचित भएको कार्यालयले जनाएको छ।

​'अन्य' समूह तर्फ रिक्त एक सदस्य पदका लागि थापाको मात्र उम्मेदवारी कायम भएपछि उनलाई निर्विरोध घोषणा गरिएको हो।

निर्वाचन अधिकृतद्वारा जारी सूचनामा भनिएको छ, 'एक जना मात्र उम्मेदवार कायम हुन आएकाले देहायका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु।'

​निर्वाचित थापा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता हुन्। अन्य क्लस्टरबाट उनी निर्विरोध भए पनि बाँकी क्लस्टरका लागि भने तोकिएकै समयमा मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ। थापा पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाको एक मात्र पुत्र हुन्।613072609_26440324552222536_8692742128920328428_n-1768125893.jpg
 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्