गगन र विश्वले उद्घाटन गरेको विशेष महाधिवेशनमा को-को पुगे ?

आइतबार, पुस २७, २०८२

नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन भएको छ । काठमाडाैंको भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन र विरुवामा पानी हालेर विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् ।

देउवा पक्षका २५ जना केन्द्रीय सदस्य विशेष महाधिवेशनमा उपस्थित भएका छन् ।

यसअघि यी २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गर्दै आएका थिए । अन्ततः उनीहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागि भएका हुन् । महाधिवेशनमा उपस्थित हुनेमा पुष्पा भुसाल, देबेन्द्रराज कँडेल, राजेन्द्र केसी, उदयशम्शेर राण, योगेन्द्र चौधरी, दिलमान पाख्रिन र अर्जुन जोशीलगायत रहेका छन् ।

त्यस्तै शेखर निकट कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की पनि पुगेका छन्। 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्