कुलमानलाई शनिवारै घिसारेको रास्वपाले समानुपातिकतर्फको सूची अद्यावधिक गरायो 

आइतबार, पुस २७, २०८२

कुलमान घिसिङसँगको पार्टी एकता भंग भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकको सूची अद्यावधिक गराएको छ । शनिबार घिसिङसँगको एकता टुटेपछि रास्वपाले आइतबार निर्वाचन आयोगमा पुगेर सूची अद्यावधिक गराएको हो ।

रास्वपा प्रवक्ता मनिष झाले आइतबार समानुपातिकतर्फको सूची अद्यावधिक गरिएको जानकारी दिए ।

एकतापछि दुवै दलले साझा सूची आयोगमा बुझाएका थिए । तर, अब सूचीमा उज्यालो नेपालको तर्फबाट समानुपातिकमा दलीय प्रतिनिधित्व नहुने भएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्