बाबुराम भट्टराई सहितका नेताले कांग्रेस जोगाउन देउवालाई मागे गुहार 

शुक्रबार, पुस २५, २०८२

नेपाली कांग्रेसनिकट विद्यार्थीको एक समूहले पार्टी सभापति शेरबहादुर देउवालाई विवाद मिलाएर पार्टी एक ढिक्का गर्न आग्रह गरेका छन् ।

आज बिहान नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूको टोलीले वर्तमान जटिल राजनीतिक परिस्थितिमा पार्टीभित्रको  विवाद समाधानका लागि एकता र मेलमिलापको पहल गर्न आग्रह गरेका हुन् ।

उनीहरूले विगतमा आन्तरिक विवाद र झगडाकै कारण पार्टीले भोग्नुपरेको फुटको पीडादायी अनुभव स्मरण गराउँदै यस्तो अवस्थाबाट समयमै सचेत हुन ध्यानाकर्षण गरेका थिए ।

भेटमा सहभागीमध्येका नेविसंघका केन्द्रीय सदस्य आशिष देवकोटाले भने, “वर्तमान राजनीतिक चुनौती सामना गर्न नेपाली कांग्रेस पार्टीलाई एकढिक्का बनाएर संवाद, सहकार्य र मेलमिलापको प्रक्रियामार्फत अघि बढ्नुपर्ने धारणा सभापति देउवासमक्ष राखेका छौँ ।” 

भेटमा संघका केन्द्रीय सदस्यहरू धर्मराज शाही, जगतजंग विष्ट, विनोद शाही, आशिष देवकोटा, बाबुराम भट्टराई, नवीनराज जोशी, सन्देश तामाङ, राजु पंगेनीलगायत सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्