कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए सपथ, यी हुन् नयाँ मन्त्री

मंगलबार, पुस २२, २०८२

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै १० मन्त्री थपेका हुन् । जसमा एमाले र कांग्रेसबाट ५/५ मन्त्रीहरू छन् । 

मन्त्री बन्नेमा एमालेबाट विदुर लिङथेप आर्थिक मामिला तथा योजनामन्त्री, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुनमन्त्री, रामप्रसाद महतो सामाजिक विकासमन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री छन् ।

कांग्रेसबाट भीम पराजुली पर्यटन, वन तथा वातावरणमन्त्री, मानबहादुर लिम्बू स्वास्थ्यमन्त्री, प्रदीप सुनुवार भौतिक पूर्वाधारमन्त्री, इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री र शोभा पालुंवा भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन् ।

सत्ता साझेदार दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार मन्त्रीमण्डल पुनर्गठन गरिएकाे हाे । 

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्