जाँचबुझ आयोगले काठमाण्डौंका मेयर बालेनलाई पठायो बयाने निम्तो

सोमबार, पुस २१, २०८२

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साहलाई बयानका लागि पत्र काटेको छ ।

आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार आयोगले मेयर साहलाई बयानका लागि पत्र काटेको हो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ ।

यस्तै आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता प्रचण्डलाई पनि आफ्नो भनाइ राख्न पत्र पठाएको छ ।

त्यसअघि राष्ट्रिय मानवअधिकार आयोगले पनि मेयस बोलनसँग बयान लिएको थियो । मेयर शाहले भदौ २३ र २४ गते सामाजिक सञ्जालमा लेखेका स्ट्याटसदेखि घटना अवधिभर उनको गतिविधिबारे आयोगले सोधपुछ गरेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्