माओवादी छोडेर कांग्रेस भएका सर्लाहीका सहसचिवले त्यागे कांग्रेस 

शुक्रबार, पुस १८, २०८२

नेपाली कांग्रेस सर्लाहीका सहसचिव इन्द्रबहादुर योञ्जनले पार्टी परित्याग गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै योञ्जनले कांग्रेस छाडेको घोषणा गरेका हुन्। 

योञ्जन तत्कालिन माओवादी केन्द्रबाट सर्लाही १ मा प्रतिनिधिसभा सदस्य र लालबन्दी नगरपालिकामा मेयरको उम्मेदवार पनि बनेका थिए। माओवादीबाट केही पनि हात नलागेपछि कांग्रेसको ओत लागेका उनले कांग्रेस पनि छोडेका हुन्। 

लालबन्दी नगरपालिका ७ निवासी योञ्जनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिए। उनी रास्वपा बाट चुनाव लड्ने आन्तरिक तयारीमा छन्। 
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्