सोसल मिडिया
युनिकोड
सरकारले आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग वार्ता गर्ने भएको छ।
आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यलयमा वार्ता हुने भएको हो। वार्तामा प्रधानमन्त्री शुशीला कार्कीसहित सन्चार तथा तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि रहने उनको सचिवालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी थिइन्। बालुवाटारमा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले उनलाई बुद्धको चित्र उपहार दिएकी हुन्।