समानुपातिकतर्फको बन्दसूची बुझाउने यी हुन् २० राजनीतिक दल

सोमबार, पुस १४, २०८२

निर्वाचन आयोगमा २० राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको बन्दसूची बुझाएका छन् । 

नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका छन् । 

त्यस्तै, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल,राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र उन्नत लोकतन्त्र पार्टीले सूची बुझाएका आयोगले जनाएको छ ।

त्यस्तै, जनता लोकतान्त्रिक पार्टी नेपाल, पिपुल फस्ट पार्टी, नेपालको लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र त्रिमूल नेपाललको सूची बुझाएका छन् । 

फागुन २१ को निर्वाचनको लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन हो । 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्