रवि, बालेन र कुलमानले गरे यस्तो नयाँ सहमति

सोमबार, पुस १४, २०८२

एउटै पार्टी बनाएर जाने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच सहमति जुटेको छ ।

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम समयमा पुगेर रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिचको वार्ता सहमतिमा पुगेको उच्च स्रोतले जनाएको छ ।

तत्काल समानुपातिक सूची बुझाएर पार्टी एकीकरणको थप विषयमा औपचारिक सहमति हुने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्