अशोक राईलाई पिठ्यूँ फर्काएर रेणु यादव उपेन्द्रतिरै लपक्कै 

सोमबार, पुस १४, २०८२

अशोक राई नेतृत्वको जसपा फुटेको छ । सह–अध्यक्ष रेणु यादवले बहुमत केन्द्रीय सदस्यसहित उपेन्द्र यादव नेतृत्वको पार्टीमा प्रवेश गरेकी छन् ।

दुवै दलले संयुक्त विज्ञप्ति जारी गर्दै एकीकरण भएको जानकारी दिएका छन् ।

गएराति नै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाले पनि पनि एकता गर्ने सहमति गरेका छन् । निर्वाचन नजिकिएसँगै तराई मधेशका मुख्य दलहरू एकता प्रक्रियामा जोडिएका हुन् । यसअघि राजेन्द्र श्रेष्ठसहितका नेता जसपाबाट नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए । 

राई भने एक्लिएका छन्। राईको टीममा उनी र श्रीमती सुशीला श्रेष्ठ मात्र रहेको एक नेताले बताए। उनी एमाले प्रवेश गर्ने चाँजोपाँजो मिलाईरहेका छन्।upendra_renu-1766993878.jpg
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्