प्रचण्डलाई चुनावमा जान तीब्र रहर, संकटको ओखती भएको गरिदिए ठहर

सोमबार, पुस १४, २०८२

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई संकटबाट निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताएका छन् ।

आज बिहान बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई सफल बनाएर मुलुकलाई संकटबाट निकास दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘पूर्वनिर्धारित मितिमा निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे अब सोच्न हुँदैन । देशलाई निकास दिने अब निर्वाचनमात्रै सबभन्दा राम्रो विकल्प हो ।’

अन्य विकल्पतिर सोच्न थालियो भने देश अर्को दुर्घटनामा पर्ने भन्दै प्रचण्डले निर्वाचनमा सबै दल सहभागी हुने वातावरण बन्दै गएको बताए । समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी गर्दा आफूलाई खुसी लागेको उनको भनाई थियो।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्