सोसल मिडिया
युनिकोड
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबिच एकता गर्ने समहति भएको छ ।
आइतबार दुवै पार्टीका पदाधिकारीहरुको काठमाडाैँमा बसेको संयुक्त बैठकले एकता गर्ने सहमति गरेकाे हाे ।
सहमतिपत्रमा भनिएकाे छ,'देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गर्न एकीकरण गर्ने निर्णय गरियो ।'