सोसल मिडिया
युनिकोड
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको नाम जाजरकोटबाट सिफारिस भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लिङ्देनको नाम जाजरकोटबाट उम्मेदवार सिफारिस भएको हो। लिङ्देन भने झापाका हुन्।
राप्रपा जाजरकोट अध्यक्ष कृष्णविक्रम शाहले पार्टीको जिल्ला कार्य समिति बैठकले जाजरकोटबाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ लिङ्देन र आफ्नो नाम सिफारिस गरेको जानकारी दिए।
उनकाअनुसार समानुपातिक तर्फ खस आर्य पिछडिएको क्षेत्रबाट दीपक खनाल र अमर खनाललाई सिफारिस गरिएको छ। यस्तै, महिला पिछडिएको क्षेत्रबाट पशुपतिकुमारी शाहीको नाम सिफारिस भएको छ।