सोसल मिडिया
युनिकोड
काठमाण्डौ निर्वाचन क्षेत्र नं.१ को उम्मेद्वारी सिफारिशमा गेजु गरेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र बाँके -१ बाट सिफारिश भएका छन् ।
काठमाण्डौ निर्वाचन क्षेत्र १ को राप्रपा क्षेत्रीय समितिले पहिलो नम्बरमा पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर राणालाई र दोस्रो नम्बरमा राप्रपा केन्द्रीय सह कोषाध्यक्ष सोभित उप्रेतीलाई सिफारिश गरेको थियो ।
त्यसको केहीदिन पछि मिश्रले किर्ते गरेर २०८२ भाद्र ६ को मितिमा आफ्नो नाम सिफारिश गराएका थिए । जेनजी आन्दोलन हुनुभन्दा पहिल्यैको मिति राखेर खुराफातमा उत्रिएका उनी काठमाण्डौ १ मा नाङ्गिएपछि फागुन २१ गते हुने चुनावमा बाँके पुगेका हुन् ।
ललितपुरमा मतदाता नामावली भएका उनलाई काठमाण्डौ १ का राप्रपाका नेता कार्यकर्ताले देखाईदिने निर्णय गरेको भोलिपल्टै उनको नाम बाँके १ बाट सिफारिश भएको हो।
काठमाण्डौ १ का अगुवाले पुस १२ गते शनिवार एक भव्य भेला मार्फत आफूहरुको क्षेत्रमा रैथाने उम्मेद्वार चाहिने निर्णय गरेका छन्। त्यसको भोलिपल्ट आईतबार मिश्रले बाँके १ बाट नाम सिफारिश गराएका हुन्।
राणा र मिश्र दुबै काठमाण्डौ १ का मतदाता होइनन् । त्यस क्षेत्रका मतदाता सोभित उप्रेती भएकाले उनैलाई प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार बनाउन राप्रपाका नेता कार्यकर्ता मात्र नभएर मतदाता समेतले दबाब दिन थालेका छन् ।
राप्रपा बाँके १ को क्षेत्रीय समितिले मिश्रसहित प्रत्यक्षतर्फ ४ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।
पहिलो नम्बरमा मिश्र सिफारिस हुँदा दोस्रोमा ऋषिराज देवकोटा, तेस्रोमा शिवशर्मा घिमिरे र चौथोमा प्रदीप शाह रहेका छन् ।