रविसँग सात बुँदै सम्झौताको लगनगाँठो कसेका बालेनले माघ नलाग्दै राजीनामा दिने

आइतबार, पुस १३, २०८२

महानगरपालिकाका मेयर बालेन शाहले आगामी चुनावमा उम्मेदवार बन्ने भएपछि उनले महानगर प्रमुख पदबाट राजीनामा दिनु पर्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बालेनबीच भएको ७ बुँदे सहमतिमा बालेनलाई आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिने उल्लेख छ । जसअनुसार बालेन अब प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नेछन् ।

बालेनले उम्मेदवार बन्नका लागि महानगरपालिकाको मेयरबाट राजीनामा दिनुपर्छ । उनले राजीनामा दिएसँगै काठमाडौं महानगरको नेतृत्व उपमेयर सुनिता डंगोलले सम्हाल्नेछिन् ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताअगाडि नै स्थानीय तह वा प्रदेश तहको जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ ।

फागुन २१ लागि तय प्रतिनिधिसभाको निर्वाचनको लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फको मनोनयनको मिति माघ ६ गते राखेको छ । जसअनुसार बालेनले सो मिति अगाडि नै राजीनामा दिनु पर्ने हुन्छ । निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ । उनले पुस महिना भित्रै राजीनामा दिने आफू निकटका लाई बताएका छन्। 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्