प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डौं-१ का अगुवाले रैथाने उम्मेद्वार खोज्दै गरे भेला

शनिबार, पुस १२, २०८२

काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर १ का अगुवाहरुले आफूहरुमतदाता रहेको एक नम्बर क्षेत्रमा रैथाने उम्मेद्वार चाहिने प्रष्ट पारेका छन् ।  

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रीत गर्दै सो कुरा जोडतोडले उठाएका हुन् ।

राजनीतिज्ञ, कलाकार, साहित्यकार र पत्रकार सहितको भेलाले सो क्षेत्रमा रैथाने उम्मेद्वार खोजेका हुन । तीनसय हाराहारीको संख्यामा भेला भएका ती अगुवाले अन्यत्रबाट आएर भाइरल हुन खोज्ने मनस्थितिले ग्रसित उम्मेद्वारलाई सहयोग नगर्ने भएका छन् ।

त्यस्तै, पटक-पटक निर्वाचित भएका र पराजित भएकालाई पनि नस्वीकार्ने बताएका छन् । स्थानीय रैथाने उम्मेद्वार भएको खण्डमा काँध हालेरै हिड्ने ती अगुवाहरुले धारणा राखेका छन् ।

क्षेत्र नं. १ का जनताको मनोभावना बुझ्ने र जनताको भावनालाई राष्ट्रिय राजनीतिमा जोड्न सक्ने खुबी भएको उम्मेद्वारलाई जिताउन कुनै पनि कसर बाँकी नराख्ने भएका छन् ।

काठमाण्डौ क्षेत्र नम्बर १ मा हालसम्म राप्रपा र नेपाली कांग्रेसले मात्र उम्मेद्वार सिफारिस गरेको छ । राप्रपाबाट पशुपति शमशेर राणा र सोभित उप्रेतीको नाम सिफारिश गर्ने निर्णय गरिसकेको छ। राणाले उम्मेद्वार नहुने बताएपछि सो क्षेत्रमा उप्रेतीको खाँचो भएको अगुवाहरुको संयुक्त भेलाले ठहर गरेको छ ।

काठमाण्डौ क्षेत्र नं.१ एकता समाजले आयोजना गरेको उक्त कार्यक्रममा सो क्षेत्रका प्राज्ञिक व्यक्तिहरुले सहभागिता जनाएका छन् । समाजका अध्यक्ष चमन कोइरालाले क्षेत्र नम्बर १ का अगुवाको आग्रहमा सो बेला डाकिएको बताए। कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकार राधेश्याम लेकाली, क्षेत्रका अगुवा विनोद दवाडी, राप्रपाका क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठ, अगुवा महिला रीना वली शाही, अगुवा तथा राप्रपा नेता नवीन शाही लगायतको उल्लेख्य उपस्थिति थियो । उपस्थित सबैले उप्रेतीको उम्मेद्वार सिफारिशलाई कायम गराउन जोडदार माग समेत गरेका छन् ।IMG_20251227_100359-1766809577.jpg

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्