तेश्रो पटक रवि र बालेनको वार्ता, संगै हुने कि अलग हुने आजै टुंगो 

बिहीबार, पुस १०, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीच भेट वार्ता जारी छ। 

रास्वपाका नेता गणेश कार्कीका अनुसार उनीहरुबीच केही बेरअघि भेटघाट सुरु भएको हो। बालेनका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा उनीहरु बर्तामा बसेका हुन्। 

उनीहरुबीच सोमबार साँझ रास्वपा नेता असिम साहको घरमा भेघाट भएको थियो। आउँदो चुनावमा रवि र बालेनलाई मिलाएर लैजाने प्रयास भइरहेको छ। 

समानुपातिकका लागि नाम बुझाउने समय नजिकिँदै गएपछि बालेनले राजनीतिक भेटघाट र परामर्शलाई तिब्रता दिएका छन्। रवि र बालेनको यो तेश्रो भेट हो। संगै जाने कि अलगअलग जाने भन्नेमा आजै टुंगो लाग्ने बुझिएको छ। 

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्