सोसल मिडिया
युनिकोड
चर्चित पत्रकार ऋषि धमलाकी नायिका पत्नी एलिजा गौतमले तीन वर्षमा तीन वटै पार्टी चाहरेकी छिन्।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा १४ माघ २०७९ मा प्रवेश गरेकी थिइन् एलिजा त्यो पार्टीमा वर्ष दिन पनि टिकीनन्। त्यो पार्टी छोडेपछि त्यतिकै बसेकी उनी जेन्जी आन्दोलनपछि आफैँ संस्थापक सदस्य भएर अधिवक्ता रमनकुमार कर्णले नेतृत्व गरेको जनादेश पार्टीमा जोडिइन् । अहिले एलिजा फेरि नयाँ दलमा जोडिएकी छन् । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मा उनी उपाध्यक्ष भएर प्रवेश गरेकी छन् ।
फिल्म बनाएर सफल हुन नसकेकी उनी राजनीतिमा पनि अस्थीर देखिएकी छन्। एलिजाले प्रवेश गरेका र छोडेका सबै दल तराई मधेश केन्द्रित छन् । मधेश प्रदेशको बारा जिल्ला बाट निर्वाचनमा उठ्ने तयारी स्वरुप उनी मधेश केन्द्रीत दलमा जोडिएकी हुन्। सांसद हुँदै मन्त्री बन्ने सपना देखेकी उनको पार्टी प्रवेश गराईलाई लिएर धेरैले उडाउन थालेका छन्।