सोसल मिडिया
युनिकोड
सरकारी कार्यालय, निकाय तथा सरकारी स्वामित्व वा लगानी भएको संस्थाको लेखापरीक्षण गर्ने वा लेखापरीक्षण नियुक्त गर्ने कान गर्ने अख्तियारी पाएको महालेखापरीक्षकको कार्यालयका सचिव (उपमहालेखापरीक्षक) इन्द्रप्रसाद आचार्य ५८ वर्ष लागेर पुस ९ गते बुधबारदेखि आचार्य अनिवार्य अवकाशमा गएका छन्।
महालेखापरीक्षकको कार्यालयमा चार सचिवको दरबन्दी छ। चार मध्येका एक आचार्य अवकाशमा गएपछि एक विशिष्ठ श्रेणीको सचिव पद रिक्त भएको हो। २०८२ भदौं ९ गते लेखापरीक्षण समूहको सचिवमा बढुवा भएका आचार्य ४ महिना उपमहालेखापरीक्षको भूमिकामा काम गरेर घर गएका छन्।
आचार्य घर गएपछिको रिक्त पदमा घनश्याम पराजुली, नारायण एमसी दाबेदार छन्। २०७६ साल माघ १० गते एकैदिन पराजुली,खत्री,एमसी र ईन्द्रप्रसाद आचार्य नायब महालेखापरीक्षक बनेका थिए। उनीहरूमध्ये खत्री २०८१ पुसमा ५८ वर्ष लागेर नायब महालेखापरीक्षकबाटै घर गएका थिए। एक नम्बर नायब रहेका पराजुली दुईपटक बढुवामा छुटे। अब तेश्रो प्रयासमा उनी सचिव हुने छन्।