नागमणी राखिएको पशुपतिमा मन्त्री सिन्हाले पठाएका प्रकाशमणीमाथि उमेर भन्दा ज्यादा उजुरी 

बुधबार, पुस ९, २०८२

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको नियुक्तिसम्बन्धी मापदण्डमा ६५ वर्ष ननाघेको व्यक्ति मात्र पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव नियुक्त हुने प्रष्ट व्यवस्था गरेको छ। तर, सर्वोच्च अदालतको न्यायाधीश भईसकेका पर्यटन मन्त्री अनिलकुमार सिन्हाले कोषको सदस्यसचिवमा वृद्द भत्ता थाप्न लाईन लागेका ६७ वर्षका व्यक्तिलाई नियुक्ति दिएका छन्। 

मन्त्री सिन्हाले सदस्यसचिव नियुक्त गरेका ६७ वर्षीय प्रकाशमणि शर्मा भुसालविरूद्ध उजुरीको चाङ लाग्न थालेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगदेखि नेपाल बार काउन्सिलसम्म ६७ वर्षीय वरिष्ठ अधिवक्ता शर्माले उजुरीको सामाना गर्नु परेको हो। दुवै तर्फ गरेर उनी विरुद्द उनको उमेर भन्दा धेरै उजुरी परेका हुन्। सिन्हाले आफूसँगै पढेका (सहपाठी) ६७ वर्षीय शर्मालाई पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव बनाएपछि अख्तियारमा उजुरी परेको हो।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्