सोसल मिडिया
युनिकोड
सरकारको उच्चस्तरीय राजनीतिक वार्ता समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयको अनुगमन गरेको छ। समितिले आज बुधबार दिउँसो राप्रपाको केन्द्रीय कार्यालयको अनुगमन र निरीक्षण गरेको हो।
सो समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त टिमले पार्टी अध्यक्ष राजेन्द्र लिङदेल लगायतसँग भेटघाटसमेत गरेको छ।
समितिले आजै जनमत पार्टीको कार्यालय अनुगमन र निरीक्षण गरेको थियो। यसअघि हिजो मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीको पार्टी कार्यालय अनुगमन गरेको थियो।
जेनजी आन्दोलनका क्रममा प्रायजसो सबै पुराना दलका पार्टीको कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो। ती कार्यालय समितिले अनुगमन तथा निरीक्षण गर्न लागेको हो। अन्य पार्टीका कार्यालय पुग्दा खादा नपाएको सरकारी टोलीलाई राप्रपाले भने खादा लगाएरै स्वागत गरेको छ।