सोसल मिडिया
युनिकोड
राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले काठमाडौँ क्षेत्र नम्बर १ कै स्थायी बासिन्दालाई फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनाए मात्र सहयोग गर्ने भएको छ।
क्षेत्रमै मतदाता नभएका व्यक्तिले उम्मेद्वारी दाबी गरेपछि राप्रपाका स्थानीय कार्यकर्ता रुष्ट भएका छन्। राप्रपा काठमाडौँ क्षेत्र १ को उम्मेद्वारी सिफारिशमा विवाद भएपछि स्थानीय नेता कार्यकर्ताले आफ्नै क्षेत्रका नेतालाई उम्मेदवार मान्ने भएका हुन्।
राप्रपाको क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले उम्मेवार सिफारिश गरेका पशुपति शमशेर राणाले उम्मेदवार नहुने बताएपछि दोश्रो नम्बरमा सिफारिश गरिएका राप्रपा सहकोषाध्यक्ष सोभित उप्रेती स्वत उम्मेदवार बन्ने भएका छन्। उप्रेती काठमाडौँ- १ कै बानेश्वरमा मतदाता नामावली भएका नेता हुन्। मिश्रको मतदाता नामावली ललितपुरमा छ।
हुन त वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पनि भदौ ६ गते नै बैठक डाकेर आफूलाई सिफारिश गराईसकेका छन्। तर, उनले केपी ओली प्रधानमन्त्री भएकै बेला अर्थात फागुन २१ गते निर्वाचन हुने घोषणा हुनु भन्दा एक महिना पहिल्यै आफूलाई उम्मेवार बनाएकाले पनि उनी चरम विवादमा छन्। उनलाई राप्रपा काठमाडौँ १ का कार्यकर्ताले रुचाएका छैनन्। बरु, उनको खुलेर विरोध गरिरहेका छन्।
जेनजी आन्दोलन हुनु भन्दा २० दिन पहिल्यै उम्मेदवार सिफारिश भएका मिश्रलाई चुनौती दिने राप्रपाका नेता कार्यकर्ताको संख्या दिनहुँ बढ्दो छ। पार्टीका नेता कार्यकर्ताले स्थानीय उम्मेदवार नै खोजेपछि मिश्रलाई फागुन २१ को निर्वाचनको फलामको च्युरा सरह भएको छ। दुई पटक काठमाडौँ १ बाट पराजित मिश्र अब उम्मेदवार नै बन्न नसक्ने अवस्थामा पुगेका छन्।