पूर्वराजा ज्ञानेन्द्रका उपप्रधानमन्त्री बद्री मण्डलको निधन 

मंगलबार, पुस ८, २०८२

पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको निधन भएको छ । विराटनगर–९ स्थित आफ्नै निवासीमा मण्डलको ८८  वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

परिवारिक स्रोतका अनुसार, मण्डल मुटुसम्बन्धी रोगबाट ग्रस्त थिए । बिहान शौचालय गएर आई सुतेका उनी ओछ्यानमै मृत फेला परेका थिए । भतिजी जस्मिन मण्डलले बताएअनुसार परिवारले थाहाँ पाउँदा मण्डलको निधन भइसकेको थियो । 

पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा मण्डल मन्त्री थिए । उनी सद्भावना पार्टीको अध्यक्षसमेत बनेका थिए । ८८ वर्षीय मण्डल मण्डलले २०५६ सालको निर्वाचनमा तत्कालिन मोरङ क्षेत्र नम्बर ५ बाट कांग्रेस नेतृ शैलेजा आचार्यलाई पराजति गरेका थिए ।। 

मण्डल मधेशी समुदायबाट गृहमन्त्री र उपप्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन्। 

मण्डल राजतन्त्र र हिन्दुत्व पक्षमा थिए । २०४६ सालअघि राजतन्त्रवादी उनी बहुदल आएपछि सद्भावना पार्टीसँग जोडिएका थिए । ज्ञानेन्द्र शाहको शासनकालमा उनी उपप्रधानमन्त्री थिए । नेपाली कांग्रेसमा केही समय आबद्ध भएका थिए । उनका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्