Dashain Banner
Dashain Banner

चुनावमा खटिने कर्मचारीलाई शतप्रतिशत भत्ताको व्यवस्था, कसले कति पाउँछन् ?

मंगलबार, पुस ८, २०८२

निर्वाचन आयोगले चुनावमा खटिने विभिन्न तहका व्यक्तिहरुलाई शतप्रतिशत भत्ता खुवाउने भएको छ।

फागुन २१ गतेका लागि तोकिएको चुनाव गराउन खट्ने निर्वाचन आयुक्तहरुदेखि सुरक्षाकर्मीसम्मलाई आयोगले तलब बराबर नै भक्ता वितरण गर्ने भएको हो। आयोगले कार्यविधि नै पारित गरेर भत्ताको प्रबन्ध गरेको छ।

कार्यविधिअनुसार आयुक्त, कर्मचारी, सुरक्षाकर्मी, निर्वाचन सुरक्षा समितिका पदाधिकारीहरुले भत्ताबापत एक महिना बराबरको तलब पाउनेछन्।

जसमा आयुक्तले सञ्चार सुविधाबापत प्रति महिना दुई हजार पाँच सय, सचिवले दुई हजार, सहसचिवले एक हजार पाँच सय, उपसचिवले एक हजार, शाखा अधिकृतले पाँच सय सञ्चार सुविधा पाउनेछन्।

सबै तहका व्यक्तिका लागि खाजाबापत प्रतिदिन तीन सय रुपैयाँ र बिदाको दिन खाना खर्चबापत पाँच सय रुपैयाँ पाउनेछन्।

फागुन २१ गतेको चुनाव गराउन आयोगले सरकारसँग ७ अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको छ। सरकारले अहिलेसम्म चार अर्ब ९४ करोड निकासा गरिसकेको छ।1-1766478483.jpg2-1766478483.jpg
3-1766478485.jpg
 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्