सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज चितवन जाँदैछन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका उनी चितवनको साहरा सहकारीको ठगी प्रकरणमा तारिख बुझ्न आज चितवन जिल्ला अदालत उपस्थित हुन लागेका हुन् ।
उनी बुद्ध एयरको जहाजमार्फत चितवन जाँदैछन् । मौसम खराबीका कारण जहाज नउडेको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए । बिहान ९ बजेको टिकट भएतापनि मौसम खराब हुँदा अहिलेसम्म उडान भएको हुन नसकेको उनले बताए ।
काठमाडौँ महानगरका मेयर बालेन र रवि सोमबार राति १ बजे सम्म छलफल गरेर छुट्टिएपछि आज रवि चितवन हिडेका हुन्।