पचास वर्ष नाघेपछि कुर्कुरे बैंशले कुत्कुत्याएका उपसचिव, सहसचिवमा उकालिने

मंगलबार, पुस ८, २०८२

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिले पुस ८ गते एउटा सूचना प्रकाशित गरेको छ। उक्त सूचनामा उल्लेख भए अनुसार जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा उपसचिवलाई सहसचिवमा बढुवा गर्ने नामावली छ। 

सरकारका १४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएको उक्त सूचनामा एक जना भयङ्कर चर्चित मात्र होइन केही दिन भाईरल भएका व्यक्ति पनि समेटिएका छन्। उपसचिव डमरूप्रसाद निरौला दुनियाँले चिनेका कर्मचारी हुन्। उनले उत्पातै राम्रो काम गरेर चर्चा भने भएको थिएन। न त सरकारी कर्मचारीले पालना गर्नु पर्ने उच्च नैतिक चरित्र नै प्रदर्शन गरिएको थियो। 

निरौला जति बेला दमक नगरपालिकाको हाकिन थिए काण्ड त्यहि बेलाको हो। पचास वर्ष काटेर केही वर्ष पार गरेका उनलाई कुर्कुरे बैंशले काउकुती लगाएपछि सामाजिक संजालमा भाईरल नै बनेका थिए।  अर्काकी श्रीमतीलाई मादक पदार्थ संगै खुवाएर चुम्माचाटी गरेको भिडियो भाईरल नै भयो। उनलाई सामान्य मन्त्रालयले सोही कसुरमा तानेर जगेडामा राख्यो। तर, मिलाउन सिपालु उनी भूमि मन्त्रालय पुगेर पर्सा मालपोतको हाकिम भए। 

निरौलाको युवती संगको उच्च नैतिक चरित्रका बारेमा सामान्य मन्त्रालय पूरापुर जानकार छ। दण्डित गरिनुपर्ने कामुक निरौलालाई सहसचिवमा उकाल्न ११ नम्बरमा सिफारिश गर्ने पनि त्यहि सामान्य मन्त्रालय नै हो। सुशासनले जलप लगाएर निरौलालाई अभयदान दिन सामान्य मन्त्रालयलाई हतार भएको यसै प्रष्ट भएको छ। 

निरौला सहित प्रशासन सेवामा कृष्णप्रसाद आचार्य, कृष्णप्रसाद खनाल, गंगाबहादुर क्षेत्री, सुकदेवप्रसाद बाँस्कोटा, हिरालाल चौधरी, खिमबहादुर कार्की, युगराज पाण्डे, लेखनाथ ज्ञवाली, लक्ष्मण विक्रम थापा, एकनारायण शर्मा र राजन राई सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्। कार्की र पाण्डे राजस्व समूहका हुन्। बाँस्कोटा लेखा समूहका र बाँकी सामान्य प्रशासन समूहका उपसचिव हुन्। ५८ वर्षे उमेर हदका कारण थापा सहसचिवमा उक्लिएर घर जानेछन्। निरौलाले भने अझै केही बर्ष जागिर खानेछन्। 603067748_25455305244109896_4211579701254203161_n-1766474595.jpg
 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्