ओली शंकरलाई बोकेर देउवा भेट्न हान्निएर पुगे महाराजगञ्ज

सोमबार, पुस ७, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाराजगञ्ज पुगेका छन्। 

सोमबार महासचिव शंकर पोखरेललाई सँगै लिएर ओली देउवा निवास महाराजगञ्ज पुगेका हुन्। दुवै नेताबीच भेटवार्ता भइरहेको छ। 

अध्यक्ष निर्वाचित भएपछि उनी देउवालाई भेट्न पुगेका हुन्। ओली महाराजगञ्ज पुगेको यो दोस्रो पटक हो। 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्