चुनावका लागि मात्र एकता गर्न खोज्नेलाई रविले दिए यस्तो जवाफ 

शनिबार, पुस ५, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछनेले सहकार्य गर्न चाहेका पार्टीहरूबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

सहकारी ठगीसम्बन्धी मुद्दामा रिहा भएपछि पहिलोपटक चितवनमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले भने, ‘मिल्न चाहने सबैलाई भन्छु जे चाहिन्छ दिन्छु, पार्टी चाहिन्छ दिन्छु, चुनावचिह्न दिन्छु, अध्यक्ष चाहिन्छ दिन्छ, उपाध्यक्ष चाहिन्छ दिन्छु तर देश बन्नुपर्छ ।’

उनले अगाडि भने, ‘एकता एउटा चुनावका लागि मात्रै होइन, सधैँका लागि हुनुपर्छ । यो चुनावका लागि मात्रै एकता गर्ने हो भने आई एम सरी ।’

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्