सोसल मिडिया
युनिकोड
काठमाडौँमा मौसमी चिसो र राजनीतिक गर्मी बढेकै बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पत्नी कोमल शाह बोकेर आज बुधबार दिउँसो स्थलमार्ग हुँदै भारत हान्निएका छन्।
पूर्बी नेपालको झापा स्थित काँकडभिट्टा हुँदै उनीहरू पश्चिम बंगालको सिलिगुडीतर्फ गरेको श्रोतको भनाई छ। भारत प्रस्थान गर्नुअघि उनीहरूले धुलाबारीस्थित होटल मेची क्राउनमा ‘लन्च’ गरेका थिए। उनीहरु किन र के का लागि त्यता गएका हुन् खुलीसकेको छैन र फर्कने विषयमा पनि श्रोतले जानकारी नभएको जानकारी दिएको छ।