एमालेको महाधिवेशनमा दश बजेसम्म टोकन लिनेले मतदान गर्न पाउने

बुधबार, पुस २, २०८२

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि बुधबार बिहानदेखि मतदान जारी छ । मतदानमा सहभागी हुने प्रतिनिधिहरूलाई राति १० बजेसम्म टोकनको समय तोकिएको छ । यसअघि राति ८ बजेसम्म मतदानस्थल पुगिसक्न भनिएको थियो । 

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ः१५ बजेबाट मतदान सुरु भएको थियो । करिब ११ घण्टादेखि मतदान जारी छ । 

रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान भइरहेको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दै छन् । महाधिवेशनमा दुई पक्षीय प्यानलको प्रतिस्पर्धा भइरहेको छ । अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन् । 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्