सोसल मिडिया
युनिकोड
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताएका छन् ।
नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै एमालेको सभामा उपस्थित मानिसहरूलाई मात्र एमाले हुने भन्ने ठान्न चेतावनी दिएका छन् ।
एमालेको महाधिवेशनमा उपस्थित जनसागर सागरको एक थोपा मात्र भएको ओलीले बताए। नागरिकको यो उपस्थित लोकतन्त्र र एमाले प्रतिको जनविश्वास भएको ओलीले बताए ।
‘लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ’, उनले भने।
ओलीले गरेको भाषणको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्।