सुरुमा पार्टी र युवा पुस्तालाई विपीको समाजवाद पिलाउने, शेखरले अनि सबै आफै मिलाउने

शनिबार, मंसिर २७, २०८२

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी र युवा पुस्तालाई मिलाएर लैजानले आफूले नै रहेको बताएका छन्। शनिबार प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँग विशालनगरस्थित आफ्ना सम्पर्क कार्यालयमा भएको भेटघाटमा उनले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका हुन् ।

कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरूमा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आएपनि त्यसको सुनुवाइ नभएकाले पछिल्लो परिस्थिति निर्माण भएको बताए। 

आफूले कोभिड महामारीकै समयदेखि युवाका लागि केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि नेता कोइरालाले गरे। नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पुर्‍याएको योगदानको सधैँ उच्च कदर हुने उनले बताए।

देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै उनले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरूको अनुभवको सहयोगको खाँचो रहेको पनि उनले प्रष्ट पारे ।

जिल्लाबाट आएका सेनानीहरूलाई पार्टीको आसन्न महाधिवेशन र आम निर्वाचनमा होमिन कोइरालाले निर्देशन दिए।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्