न्यायाधीश दाहिना भएपछि भिजिट भिसामा देब्रिएका तीर्थ जानुपरेन जेल

शनिबार, मंसिर २७, २०८२

भिजिट भिसाको सेटिङ का मुख्य सरदार तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराई पुर्पक्षका लागि थुनामा जानबाट कसो कसो जोगिएका छन् । एक न्यायाधीशका कारण उनी २५ लाख रुपैयाँ धरौटीमा छुटेका छन्। 

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा  विशेष अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनलाई पक्राउ गरी अदालतमा पेस गरेर मुद्दा दायर गरेको थियो । जसमा उनी बिहीबार थुनामा रहेकोमा शुक्रबार बयान सकेर थुनछेक भएको थियो। 

थुनछेक आदेशमा विशेषका न्यायाधीशको राय बाझिएको थियो। बहुमतका आधारमा उनीसँग धरौटी माग भएको हो। 

न्यायाधीशहरू सुदर्शनदेव भट्ट, नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजसालमा मुद्दाको सुनुवाइ भएको थियाे। भट्ट र पौडेलले २५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका थिए भने अर्का न्यायाधीश श्रेष्ठले पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने राय दिएका थिए। बहुमतका आधारमा आदेश भएको हो। दुई व्यायाधीश मध्येका एक दाहिना भएपछि उनले थुनामा जानुपरेन । न्यायाधीश दाहिना भएपछि तीर्थको हिरासत बसाई तत्काललाई पूर्ण विराम लागेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्