अनिल सिन्हालाई भूमिको सट्टा पर्यटन मन्त्रालय दिईने, सुशीला संगै चार मन्त्रालय रहने 

शुक्रबार, मंसिर २६, २०८२

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आज चार नयाँ मन्त्री थपिने भएका छन्। कुमार इङनामलाई भूमिमन्त्री बनाउने भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेका अनिलकुमार सिन्हाको मन्त्रालय फेरिने भएको छ। 

सिन्हालाई भूमिको सट्टामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जिम्मा लगाईने भएको छ। आज इङनामसँगै माधव चौलागाईँलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र श्रद्धा श्रेष्ठलाई महिला मन्त्रीको शपथ खुवाउन लागिएको हो।

चौध सदस्यीय क्याबिनेट हुने भएपछि अझै प्रधानमन्त्री संगै चार मन्त्रालय रहनेछन्। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्