आफ्नालाई भाग मिलाउन ओलीले निकाले नयाँ जुक्ति, डाके सचिवालय बैठक

बिहीबार, मंसिर २५, २०८२

नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ। बैठक भोलि दिउँसो १ बजे बस्नेगरि बोलाएको हो। विधान संशोधन र महाधिवेशन प्रतिनिधिको मनोनयन मुख्य एजेन्डा रहेको ओली निकट श्रोतले बताएको छ। 

एमालेले विधान संशोधन गरेर पदाधिकारी संख्या र केन्द्रीय समितिको आकार बढाउने तयारी गरेको छ। अहिले विधान अनुसार १५ जना पदाधिकारी मात्रै रहने व्यवस्था छ। 

भदौ २०-२२ सम्म ललितपुरमा भएको दोस्रो विधान महाविधेशनले १९ जनाको पदाधिकारी घटाएर १५ जनामा सिमित गरेको थियो। यस्तै स्थायी कमिटी नराख्ने, पोलिटब्युरोको संख्या घटाउने र केन्द्रीय समिति समेत ३०१ बाट घटाएर २५१ मा झार्ने निर्णय गरेको थियो।

अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहबाट पदाधिकारीका आकांक्षी धेरै भएपछि विधान संशोधन गरेर व्यवस्थापन गर्न लागेका हुन्। 

यता अध्यक्षमा उम्मेदवारी घोषणा गरेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले विधान संशोधनको प्रस्ताव आएमा एमालेले हटाइसकेको २ कार्यकालको प्रावधान ब्युँताउने पर्ने प्रस्ताव लैजाने तयारी गरेको छ। 

गत सोमबार नै सचिवालय बैठक राख्ने तयारीमा रहेका ओली पोखरलले अवधारणा पत्र बुझाएपछि रोकिएका थिए। पोखरेल पक्षले सचिवालय बैठकमा अवधराणा पत्रको विषयमा पनि कुरा उठाउने भएपछि उनले बैठक ३ दिनलाई ‘होल्ड’ गरेका थिए। 

महाधिवेशनको उद्घाटन शत्रको अघिल्लो दिन मात्रै बैठक बोलाएका हुन्। एमालेको ११ औँ महाधिवेशन आगामी शनिबारदेखि सुरु हुँदै छ। 

सो बैठकले १०८ जना प्रतिनिधि मनोनयन गर्नेबारे पनि निर्णय लिने बुझिएको छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्