सोसल मिडिया
युनिकोड
रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित गरिएको छ । कार्तिक १३ गतेबाट लगातार पेसी चढेको सो मुद्दा हेर्न नमिल्नेमा दर्ज भएको छ। न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए।
आज न्यायाधीश सागर विष्टको आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारणले स्थगित गरिएको उनले बताए । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गते पछि निरन्तर सरिरहेको छ ।
यसअघि दुई पटक रविका कानुनी व्यवसायीले निवेदन दिएर सो मुद्दा सारेका थिए भने गत बिहीबार सार्वजनिक बिदाका कारण रोकिएको थियो । यसअघि कात्तिक १३ गते तोकिएको पेसी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।