महाधिवेशन केन्द्रीत एकाहा पुराणमा ओलीले सम्पादक बोलाए 

बिहीबार, मंसिर २५, २०८२

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा अओलीले आज सम्पादकहरूसँग छलफल गर्दै छन् ।

अध्यक्ष ओलीले यही २७–२९ मंसिरमा हुने पार्टीको ११औँ महाधिवेशनका सन्दर्भमा सम्पादकहरूसँग संवाद तथा छलफल गर्न लागेका हुन् ।

छलफल कार्यक्रम दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा हुने ओलीको सचिवालयले जनाएको छ ।

महाधिवेशनबारे नेताहरूले विभिन्न कार्यक्रम तथा पत्रकार सम्मेलन गरी आआफ्ना धारणा सार्वजनिक गरिरहेका बेला ओलीले सम्पादकहरूसँग छलफल गर्न लागेका हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्