सोसल मिडिया
युनिकोड
चार तारा अंकित झण्डा भएको पार्टी नेपाली कांग्रेस निर्वाचन र प्रतिनिधिसभा माग्दै अदालत गएकै बेला पार्टीको झण्डामा छ तारा राखेको नेपाल समाजवादी कांग्रेसले भने नेपाली कांग्रेस र अन्य पार्टीले अघि सारेको धारणाको ठिक उल्टो प्रस्ताव राखेको छ।
देशमा देखिएको वर्तमान समस्याको निकास चुनाव नभएर राष्ट्रिय एकता र सहमति भएको समाजवादी कांग्रेसको धारणा छ। वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने ठहर गर्दै सो पार्टीका अध्यक्ष गोविन्द निरौलाले राष्ट्रिय एकता र सहमतिमा जोड दिएका छन्। सुशीला कार्की सरकारलाई विस्थापित गराएर अर्को चुनावी सरकार बनाउने विषयमा स्वदेशी तथा विदेशी शक्ति लागिरहेकै बेला अध्यक्ष निरौलाले राष्ट्रिय एकता र सहमतिको विषय अगाडी सार्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
मंसीर २२ गते राजधानीमा आयोजित कार्यक्रम पनि अध्यक्ष निरौलाले सोही विषयलाई जोड दिएका छन्। उनको प्रस्तावमाथि नेकपा मालेका महासचिव सिपी मैनाली लगायतका नेताले पनि सहमति जनाएका छन्। निरौलाले तीन वटा विकल्प दिएर छलफललाई तीब्र बनाएका छन्। तीन मुख्य विकल्प सहित निरौलाले अन्य सहायक विकल्प पनि दिएका छन्। निरौला राष्ट्रवादी अध्यक्ष मण्डलको आन्दोलन परिचालन प्रमुख हुन्। राष्ट्रवादी अध्यक्ष मण्डलले दुर्गा प्रसाई सहितका अभियन्तालाई जोडेर कार्यक्रम गर्दै आएको छ।
यस्ता छन् निरौलाले पेश गरेका विकल्प पहिलो विकल्प (१) राष्ट्रिय सहमती ! (२) संसद पुनस्थापना । (३) निर्बाचित संसद सदस्यको नेतृत्वमा राष्ट्रिय सरकार। (४) संसद अधिबेशन आवहान। (५) २०७२ को संबिधानको संशोधन। (६) शाह्बंशिय राजसंस्थाको स्थापना गरेर श्री ५ राष्ट्रप्रमुख हुने ब्यावस्था। (७) मुलुक बैद्धिक सनातन हिन्दुराज्य भएको घोषणा। (८) आवधिक निर्वाचन। दोश्रो विकल्प (१) राष्ट्रिय सहमती। (२) राष्ट्रिय सरकार। (३) श्री ५ राष्ट्रप्रमुख भएको निर्णय। (४) २०४७ को संविधान लागु गरिएको घोषणा। (५) आवधिक निर्बाचन। तेश्रो विकल्प (१) सशक्त नागरिक आन्दोलन। (२) २०७२ को खारेजी नयाँ संबिधानको घोषणा।