अख्तियारका दुई सहसचिवको सचिवमा बढुवा, पौडेल र सापकोटा उक्लिए 

सोमबार, मंसिर २२, २०८२

मंसीर २२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‏‎राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गरेको छ। बैठकले रिक्त रहेको प्रशासन सेवाको सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो। 

सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिवत्रय राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम बढुवाका लागि सिफारिस गरेको थियो । पौडेल अख्तियारमा कार्यरत थिए। उनी त्यहाँको प्रवक्ताको भूमिकामा थिए। 

त्यस्तै आजै बसेको क्याबिनेटले कानुनतिरको सचिवमा अख्तियारमै कार्यरत सहसचिव पुष्कर सापकोटालाई बढुवा गरेको छ। प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव फणिन्द्र गौतम मंसीर १८ गतेदेखि उमेरहदका कारण अवकाशमा गएपछि सचिव पद रिक्त थियो।  सोही स्थानमा सापकोटाको बढुवा भएको हो। 

प्रशासन तर्फ बढुवा भएका सचिव पौडेल कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन हुनेछन्। त्यहाँको प्रमुख सचिव चन्द्रकला पौडेलको सामान्य मन्त्रालयमा सरुवा भएका कारण त्यहाँ प्रमुख सचिव रिक्त छ। 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  २१:१६
प्रतिक्रिया दिनुहोस्