तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गर्यो

सोमबार, मंसिर २२, २०८२

चैत १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ ।

रजक १५ चैत २०८१ मा भएको प्रदर्शनको क्रममा काठमाडौंको तीन कुनेमा मारिएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्