पहिलो महिला राष्ट्रपति र पहिलो महिला प्रधानमन्त्री आमने-सामने

आइतबार, मंसिर २१, २०८२

जेनजी आन्दोलनका बेला जलेको सिंहदरबार अवलोकन गर्न गएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले अहिले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरिरहेकी छन्।

सिंहदरबारमै रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भण्डारी पुगेकी हुन्। दुवै जनाबीच छलफल चलिरहेको छ।

आइतबार दिउँसो सिंहदरबार अवलोकन गर्न पुगेकी उनले प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्न लागेकी हुन्। 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सिंहदरबारमा आगजनी गरिएको थियो। भण्डारी पहिलो पटक त्यसको अवलोकनमा गएकी हुन्।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्