सोसल मिडिया
युनिकोड
मंसीर २२ गते सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले एक जना प्रशासनका वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेललाई सचिव बढुवा गर्ने पक्का छ ।
सचिव बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिव त्रय राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम बढुवाका लागि सिफारिस गरेको हो ।
भट्टराई वैदेशिक रोजगार विभागको महानिर्देशक र घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव हुन् ।