सोसल मिडिया
युनिकोड
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाण्डौ क्षेत्र नं १ का स्थानीय युवालाई पार्टी प्रवेश गराएका छन् ।
मंसीर २० गते शनिवार पुरानो बानेश्वरमा आयोजित एक कार्यक्रममा उनले त्यस क्षेत्रका अगुवा युवा समुहलाई पार्टी प्रवेश गराएका हुन् । काठमाण्डौ निर्वाचन क्षेत्र नं.१ मा राप्रपा प्रति स्थानीयको आकर्षण बढ्दो छ । केही हप्ता अघि मात्र दुई दर्जन बढी युवालाई अध्यक्ष लिङ्देनले पार्टी प्रवेश गराएका थिए ।
काठमाडौं क्षेत्र नं१ ले आयोजना गरेको भेटघाट एवं पार्टी प्रवेश कार्यक्रममा नव युवा युवतीहरुलाई खादामाला लगाएर लिङ्देनले स्वागत सहित पार्टी प्रवेश गराएको चमन कोइरालाले बताए ।
राप्रपाका सह कोषाध्यक्ष सोभित उप्रेतीको पहलमा ती युवा राप्रपा प्रवेश गरेका हुन् । कोइरालाले काठमाण्डौ क्षेत्र नं.१ मा राप्रपा प्रवेश गराउने अभियान नै चलाएका छन् ।